२८ आश्विन २०८३, बुधबार

बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन आग्रह गरेका छन् ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्रीले सरोकारवाला सबैलाई उद्वार र राहतमा खटिन आग्रह गरेका हुन् ।

बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको थियो ।