२८ आश्विन २०८३, बुधबार

रसुवामा आएको आकस्मिक बाढीले १६ प्रहरी सम्पर्कविहीन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले उक्त क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ प्रहरी सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी बाढीले अकल्पनीय क्षति भएको जानकारी दिँदै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले टिमुरेबाट पाँच जना प्रहरी सम्पर्कमा आएको बताए ।

स्याफ्रुबेँसीमा ९ सहित रसुवागढी र मैलुङका प्रहरी पनि सम्पर्कमा नआएको उनले बताए ।

बाढीले प्रहरी कार्यालयमात्रै बगायो कि कर्मचारी पनि प्रभावित छन् भन्ने यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए ।