२८ आश्विन २०८३, बुधबार

इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाइँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औं जन्मजयन्ती आज मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्मजयन्ती पर्व मनाउन लागिएको हो ।

मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो ।

नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन् । मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एकअर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको हो ।