२८ आश्विन २०८३, बुधबार

महिला प्रहरीमाथि हातपात गर्ने युवक पाँच दिन हिरासतमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ड्युटीमा रहेकी महिला प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

नयाँ बानेश्वरमा मंगलबार बिहान सडक पार गर्न खोजिरहेका पैदलयात्रीलाई महिला प्रहरी जवानले आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। सोही विषयमा विवाद भएपछि युवकले प्रहरी जवानमाथि गालीगलौज गर्दै हातपात गरेको प्रहरीको भनाइ छ।

घटनालगत्तै पक्राउ परेका जुम्लाको तातोपानी गाउँपालिका–२ का २७ वर्षीय राज कठायतलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको हो। कठायत हाल काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार कठायतमाथि राष्ट्रसेवकलाई काममा बाधा पुर्‍याएको तथा अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।