२८ आश्विन २०८३, बुधबार

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा महिला समन्वय समिति गठन भएको छ।

समितिको संयोजकमा रेणु चन्द र सचिवमा सम्झना देवकोटा चयन भएकी छिन् । राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको विशेष उपस्थितिमा महिला समन्वय समिति गठन र समितिको कार्यविधि–२०८३ पारित भएको हो।

संघीय संसद राष्ट्रिय सभा नियमावली २०७५ (दोश्रो संशोधन) को नियम २३२ (ङ) बमोजिम २०८३ जेष्ठ १७ गते गठन भएको समितिले संविधान र कानून प्रदत्त महिला अधिकार सुनिश्चित गर्न, लैंगिक समानता र सामाजिक न्यायका लागि प्रभावकारी भूमिका खेल्ने उद्देश्य राखेको छ।

समितिले लैंगिक सवालमा एकीकृत धारणा बनाउने, अध्ययन–अनुसन्धान गर्ने, क्षमता अभिवृद्धि गर्ने तथा संघीय, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने लगायतका कार्य गर्नेछ।

समिति बढीमा नौ सदस्यीय रहनेछ भने संयोजक र सचिव सामान्यतया हरेक वर्ष चयन गरिने व्यवस्था छ।