९ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री गौतमद्वारा मन्त्री बस्नेतसँग भेटी स्वास्थ्य अवस्थाबारे जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-banetभक्तपुर, ३२ साउन । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले भक्तपुरको गट्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा पुगेर त्यहाँ उपचार गराइरहनुभएका उद्योगमन्त्री महेश बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो ।

आज दिउँसो अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री गौतमले आइतबार क्रोनिक एपेन्डिसाइडको शल्यक्रिया गरेर आइसियुमा उपचार गराइरहनुभएका मन्त्री बस्नेतसँग भेट गरी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

आजै नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, एमाले नेता कृष्णगोपाल श्रेष्ठ, प्रहरीनायब महानिरीक्षकद्वय जयबहादुर चन्द, नवराज सिलवाललगायतले अस्पताल पुगेर मन्त्री बस्नेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

अस्पतालका निर्देशक गोपी न्यौपानेले मन्त्री बस्नेतको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै अझै चार दिन अस्पतालमा राखेर उपचार गरिने बताउनुभयो । रासस