९ कार्तिक २०८३, सोमबार

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीको घरमा प्रहरीको छापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopal-Budhathokiकाठमाडौँ, ३२ साउन । प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सल्लाहकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीको निवास मण्डिखाटारमा प्रहरीले आज अपराह्न खानतलासी गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साँघु साप्ताहिकमा प्रकाशित एक समाचारका विषयमा विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका निम्ति महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा जाहेरी दर्ता भएको भन्दै प्रहरीले उहाँको खोजी गरेको बुझिएको छ ।

अखबारमा प्रकाशित वा अनलाइनमा प्रसारित समाचारका विषयमा विद्युतीय कारोबार ऐन आकर्षित नहुने भन्दै चौतारीका महासचिव माधव नेपालले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूलको कार्य हुने र त्यसले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामा गम्भीर प्रश्न उठ्ने गतिविधि नगर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ । रासस