२८ आश्विन २०८३, बुधबार

सरकारले न्याय दिनेबारे गरेको आफ्नै प्रतिवद्वता बिर्सियो : पद्मा अर्याल

अपराधीहरूलाई कुन शक्तिले साहस दिइरहेको छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवम सांसद पद्मा अर्यालले सरकारले जनताका समस्या समाधान गर्ने र न्याय दिने विषयमा आफ्नो प्रतिबद्धता बिर्सिएको भन्दै आलोचना गरेकी छिन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा अर्यालले बोलेका कुरा पूरा गर्ने कसम खाएको सरकारको खुट्टा लुलो हुन थालेको टिप्पणी गरेकी हुन् ।

सांसद अर्यालले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको क्रूर बलात्कार र हत्याको घटनाप्रति निन्दा व्यक्त गर्दै यस्ता अपराधीहरूलाई कुन शक्तिले साहस दिइरहेको छ भन्दै प्रश्न गरिन् ।