२८ आश्विन २०८३, बुधबार

विदेशबाट स्याउ आयात रोक्न सांसद शाहीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट स्याउ आयात रोक्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको बताए ।

उनले अघिल्लो वर्षको साउन महिनामै पनि करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको उल्लेख गरेका छन् ।

सांसद शाहीले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताउँदै जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहेको र त्यसको करिब ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको हुँदा बाँकी जमिन उपयोगविहीन रहेको बताए ।