काठमाडौं। बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या आरोपमा पक्राउ परेका किशोरको भिडिओ सार्वजनिक भएपछि एकजना प्रहरीसमेत पक्राउ परेका छन् ।
आरोपीले अपराध स्वीकार्दै घटनाको बयान गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरी हवल्दार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक रहेका छन् । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ । सार्वजनिक भिडिओ हवल्दार विकले खिचेको बताइएको छ ।
उक्त भिडिओ बाहिरिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ । यसैगरी प्रहरील मुख्यालयले बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि पनि अनुसन्धान थालेको छ ।











प्रतिक्रिया