९ कार्तिक २०८३, सोमबार

कैलालीमा अखण्ड सुदूरपश्चिम र थारुहट पक्षधरबीच झडप, प्रहरीद्धारा अश्रृग्यास प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supa-aakhanda-andolanधनगढी, ३२ साउन । अखण्ड सुदूरपश्चिम र थरूहट पक्षधरबीच सोमबार धनगढीमा झडप भएको छ ।

सोमबार साँझ धनगढीको हसनपुर चौकमा दुबै पक्षका युवाहरूबीच झडप भएको छ । राष्ट्र बैंक चौक हुँदै प्रदर्शनमा उत्रिएका अखण्ड सुदूरपश्चिम पक्षधर र ट्याक्टरमा आएका थरूहट पक्षधरबीच हसनपुर चौकमा झडप भएपनि प्रहरीले अश्रृग्यास प्रहार गरी स्थितिलाई नियन्त्रणमा लिएको छ ।

Supa-aakhanda-andolan-1दुबै पक्षबीच ढुंगा हानहान भएपनि सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएका थिए । दुवै पक्षबीच भीडन्त हुन नदिन स्थानीय प्रशासनले धनगढीको मुख्य सडकको तीन ठाउँमा काँडेतारले बाटो बन्द गरको थियो ।

उनीहरूले ट्राफिक चौक, एलएनचौक, राष्ट्र बैंक चोकमा प्रदर्शन गर्नुका साथै टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । थरूहटको सभामा सहभागी हुन आएका नेता र स्थानीयहरूलाई प्रहरीले बैकल्पीक बाटो भएर सभास्थल जाने व्यवस्था गरेको थियो ।

कैलालीमा थरूहटले साउन २३ गतेदेखि आमहड्ताल घोषणा गरेको छ, भने अखण्ड सुदूरपश्चिमले फेरि सोमबारदेखि आमहडताल घोषणा गरेको छ । दुबै पक्षको प्रदर्शनले सोमबार दिनभर धनगढी तनाबग्रस्त रह्यो ।