२८ आश्विन २०८३, बुधबार

मालपोत कार्यालय अगाडि नवजात शिशु फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोरङको विराटनगरमा एक नवजात शिशु फेला परेका छन् ।

सोमबार विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेका नवजात शिशुको मोरङ प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ ।

करिब २–३ दिनको नवजात शिशु छोरा फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याएको हो ।

हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नवजात शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।