३० आश्विन २०८३, शुक्रबार

सेयर बजार आकासियो, एकै दिन ४५ अंकले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

stock-marketकाठमाडौँ, ३२ साउन । केही दिनदेखि उकालो लाग्न थालेको नेप्से परिसूचकमा आज ४५.५५ अङ्कले बढेको छ ।

दुई दिनसम्म लगातार बन्द भए पनि त्यसको कुनै नकारात्मक असर देखिएन । लगानीकर्ता बजारप्रति उत्साहित देखिएकाले परिसूचकमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार आजको वृद्धिपछि नेप्से ११५७.६० अङ्कमा पुगेको छ । यसअघि विसं २०६५ मा नेप्से ११७५ विन्दुमा पुगेको थियो ।

आज रु ८२ करोड ५५ लाख ६९ लाख ४८० बराबरका १३ लाख ५३ हजार ६४९ कित्ता सेयरको तीन हजार ६६७ पटक कारोबार भयो ।

बजार खुलेदेखि नै उकालो लागेको नेप्से ४५ मिनेटपछि ओरालो लाग्न सुरु गरेको थियो तर त्यसको केही समयपछि नै पुनः उकालो लाग्न सुरु गरेको परिसूचक बजार बन्द नहुँदासम्म निरन्तर उकालो लागेको हो । सबैभन्दा बढी आज बैंकिङ समूहको परिसूचक ६४.६७ अङ्कले बढ्यो भने उत्पादनमूलक क्षेत्रको परिसूचक ६७.४६ अङ्कले बढ्यो । व्यापार समूहको परिसूचक भने आज ६.४१ अङ्कले ओरालो लाग्यो । रासस