मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (शनिबार) साँझ मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् ।
शनिबार पोखराबाट सडकमार्ग हुँदै जोमसोम पुगेका प्रधानमन्त्री साह साँझ मुक्तिनाथ पुगेका थिए ।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार प्रधानमन्त्री साहले साँझ ७ः३० बजे मन्दिर प्रवेश गरी ८ बजेसम्म पूजाअर्चना गरे । त्यसपछि मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गरे ।
दर्शनपछि उनी जोमसोमस्थित होटल ओम्स होम फर्किएका छन् ।











प्रतिक्रिया