२८ आश्विन २०८३, बुधबार

बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा आज बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यसैगरी, मनाङको नासो गाउँपालिका–३ खोत्रोमा आज बिहान ३ बजे खसेको पहिरोले चामे–बेँसीसहर सडक पूर्णरूपमा अवरुद्ध भएको छ । अवरुद्ध दुवै सडक खुलाउने प्रयास जारी छ । रासस