२८ आश्विन २०८३, बुधबार

आईजीपीसँग मेरो कुनै विवाद छैन : खगेन्द्र सुनार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसंग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन् ।

शुक्रबार रास्वपा कार्यालय बनस्थलीमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा उजुरी आएपछि सम्बन्धित व्यक्ति तथा अधिकारीहरूलाई बोलाएर छलफल गर्नु सामान्य र नियमित प्रक्रिया भएको उल्लेख गर्दै प्रहरी संगठन वा प्रहरी प्रमुखसंग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका हुन् ।

उनले मिडियाले दुई पक्षको विवाद भन्दै अनावश्यक प्रचार गरेकोमा आपत्ति जनाए । उनले रास्वपाको जन्म नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन र भ्रष्टाचार विरुद्ध लड्नका लागि भएको धारणा राखेका छन् ।

बारामा भएको बालिका हत्याका बिषयमा सांसद सुनारले दोषीमाथि हदैसम्मको कानुनी कारबाहीका लागि राज्य गम्भीर हुनुपर्ने उल्लेख गरे ।