काठमाडौं, ३२ साउन । रिलायबल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/०७२ मा १४ करोड ३० लाख संचालन मुनाफा गरेको छ ।
उक्त नाफा गत वर्ष भन्दा ९४ प्रतिशत बढी हो । सो अवधिमा बैंकको निक्षेप ४१ प्रतिशत वृद्धि भई ६ अर्ब ४९ करोड पुगेको छ भने कर्जातर्फ पनि ४० प्रतिशत वृद्धि भई ४ अर्ब ९० करोड पुगेको छ ।
ज्ञानेश्वर, काठमाडौँमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल १५ वटा शाखाहरुबाट सेवा प्रदान गरिरहेको छ र थप शाखाहरु मार्फत सेवा विस्तार गर्ने योजना लिएको छ यस बैंकको ३६०० भन्दा बडी एजेन्टहरु रहेको ‘रिलायबल रेमिट’ र १० जिल्ला कार्यक्षेत्र रहेको सहायक संस्था ‘रिलायबल माइक्रोफाईनान्स’ पनि संचालनमा रहेको छ ।
यस वर्ष पनि बैंकले आफ्नो व्यवसायमा उच्च वृद्धि गर्ने लक्ष्य लिएको छ ।















प्रतिक्रिया