मुम्बई । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनका फ्यानलाई खुशीको खबर छ ।
भारतमा उनलाई लगाइएको प्रतिबन्ध अब हटेको छ । सेन्सर बोर्डले लगाएको प्रतिबन्ध फुकुवा गरिदिएको हो । सन्नीको कमेडी एण्ड हट फिल्म ‘मस्तीजादे’लाई यसअघि सेन्सर बोर्डले बोल्ड सीन र अश्लील शब्दहरुका कारण रोक लगाएको थियो ।
फिल्मका निर्माताहरुको पहलमा फिल्मको सेन्सर फुकुवा भएको हो । फिल्म गत मे मा रिलिजको तयारीमा थियो । सेन्सरले रोकेपछि रिलिज हुन नसकेको फिल्म अब नयाँ रिलिज मितिका साथ दर्शकमाझ आउनेछ ।
फिल्मको सेन्टर हटेपछि सन्नीले दर्शकलाई खुसी व्यक्त गरेकी छिन् । र सेन्सर बोर्डका सदस्यलाई धन्यवाद ज्ञापन गरेकी छिन् । ‘आज म धेरै खुसी छु कि मेरो फिल्मलाई सेन्सर बोर्डले सम्मान गर्दै प्रदर्शन गर्ने अधिकार प्राप्त गरेको छ’ उनले भनेकी छिन् ।

















प्रतिक्रिया