काठमाडौं । नेकपा (एमाले) ले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै बैठकले संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि गरेको छ ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सहकार्य गर्ने सहमति बमोजिम थापालाई मुख्यमन्त्री बनाउने सहमति जुटेको हो ।















प्रतिक्रिया