काठमाडौं । रास्वपा सांसद आशिका तामाङ संसद बैठक बहिष्कार गरेर निस्किएकी छिन् ।
परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेको भन्दै उनले फेरि उठेर प्रश्न गर्न पाउनुपर्ने माग गरेकी थिइन् । तर सभामुखले समय नदिएपछि उनी निस्किएकी हुन् ।
सभामुखले भने, ‘मैले बोल्न समय दिएको छैन, बस्नुस् ।’ तर उनले आफूले बोल्न पाउनुपर्ने अडान राखिन् । त्यति गर्दा पनि नरोकिएपछि सभामुखले सांसद तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिए । सभामुखको निर्देशनपछि उनी झोला बोकेर बाहिरिएकी हुन् ।
सांसद तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा सरकारको जवाफ मागेकी थिइन् । मन्त्री खनालले जवाफ दिएपनि चित्त नबुझेको भन्दै तामाङले फेरि प्रश्न गर्न पाउनुपर्ने माग राखेकी थिइन् ।















प्रतिक्रिया