१ कार्तिक २०८३, शनिबार

भीमफेदी दुर्घटना : घाइते एकजनाको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको हो । लक्ष्मी रजिस्ट्रार तारादत्त बडुको पत्नी हुन्। दुर्घटनामा घाइते भएका चार जनालाई बिहान सवा ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो।

उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ। यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।

मंगलबार बिहान काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।