१ कार्तिक २०८३, शनिबार

किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरले दिइन् उजुरी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार किशोर श्रेष्ठविरूद्व उपसभामुख रुबी ठाकुरले प्रहरीमा उजुरी दिएकी छिन् ।

जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्‍याएको भन्दै ठाकुरले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएकी हुन् ।

जाहेरी अध्ययनकै क्रममा रहेको प्रहरीले जानकारी दिएको छ ।

जाहेरीमा भनिएको छ, ‘संवैधानिक पदमा आसिन उपसभामुख जस्तो जिम्मेवार ओहोदामा रहेकी ममाथि यस्तो व्यवहार केवल मेरो पीडा मात्र होइन प्रतिनिधिसभाको गरिमा र मुलुककै प्रतिष्ठामाथि सिधा आक्रमण हो भन्ने स्पष्ट देखिन्छ ।’

यसअघि सांसद अमरकान्त चौधरीसँग अवैध सम्बन्धबारे समाचार लेखेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो ।

दिपिका सिंह नामक युवतीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् ।