१ कार्तिक २०८३, शनिबार

‘तत्काल पार्टी एकता हुने कुनै सम्भावना छैन’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayankaji-Shrestha-Bigदाङ, २ असार । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारकै कारण संविधान जनताले भनेकै समयमा नपाउने हो कि भन्ने आशंका बढेको बताएका छन् ।

रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले सरकार कछुवा गतिमा चल्दा अन्यौंलको स्थिति सृजना भएको बताए । सत्तासिन दलहरुको मनोमानीका कारण पार्टीहरुका बीचमा दुरी बढ्नेक्रम अन्त्य हुन नसकेको बताए ।

उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा निर्धारित मिति मै संविधान जारी गर्ने दिशाममा हामी दृढछौँ ।’ उनले भने, ‘सरकारमा रहेका दलका कारण २६ सभासद मनोनीत गर्ने कार्यले पूर्णता पाएउन नसकेको हो ।’

उनले सरकारका पक्षमा जनता नरहेको बताए । ‘जनतालाई चित्त बुझाउन सरकार असक्षम बनेको छ,’ उनको भनाइ छ ।

‘कांग्रेस र एमालेका कारण राजनीतिक पार्टी हुँ । दलको नेता हुँ भन्ने सम्मको लाजलाग्ने अवस्था उत्पन्न भैसक्यो’, पूर्वउपाध्यक्ष श्रेष्ठले भने । उनले कांग्रेस र एमालेले आफूलाई सुधार गरेर लैजानुपर्ने बताए ।

नेता श्रेष्ठले माओवादी निकट पाँच पार्टीहरु बिच एकीकरणको सम्भावना रहेको बताए । उनले भने, ‘माओवादी निकट वामपन्थी पार्टीहरुका बिच एकता सम्भव छ ।’

उनले हाल कार्यगत एकता गरेर पाँच पार्टीबीच साझा मञ्च बनाउन मात्रै खोजिएको जानकारी दिए । उनले भने, ‘तत्काल पार्टी एकता हुने कुनै सम्भावना छैन ।’