१ कार्तिक २०८३, शनिबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न अदालतले आदेश दिएको छ । आज सर्वोच्च अदालतले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो ।

उनकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

अदालतले उनको घर र कार्यालयबाट जफत गरेको विद्युतीय उपकरणहरू फिर्ता दिन पनि आदेश दिएको छ ।

श्रेष्ठलाई थुनामै राखी अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएकोले उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँका नाममा परमादेश जारी गरिएको छ ।

गोपनीयताको हक हनन गरेको आरोपमा श्रेष्ठलाई २०८३ साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवम् सञ्चालक श्रेष्ठले एकजना रास्वपा सांसदको अवैध सम्बन्धका बारेमा समाचार प्रकाशित गरेका थिए । जाहेरवाला आफैँले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राखेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको आदेशमा उल्लेख छ ।