१ कार्तिक २०८३, शनिबार

कोशीमा नेकपाका मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालय पाए ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली काँग्रेस बाहिरिएपछि कोशी प्रदेश सरकारको पुनर्गठन गरिएको छ ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीकाबीचमा साउन ९ गते तीन बुँदे सहमति भएपछि कोशी प्रदेश सरकार पुनर्गठन गरिएको हो । ४ मन्त्री र एक राज्य मन्त्री सहित नेकपा कोशी सरकारमा सहभागि भएको हो ।

पुनर्गठित मन्त्रिपरिषदमा पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सहित खिनु लङ्वा लिम्बुको नेतृत्वमा जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री, गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री, गीता तिम्सिना सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन् । यसैगरी सपना दर्जी परियारले भौतिक र्पूवाधार विकास राज्य मन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।

यसैगरी मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नवनियुक्त राज्य मन्त्रीलाई शपथ ग्रहण गराएका छन् । शपथ ग्रहण पछि संचारकर्मीहरुसंग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिलेसम्म नेपाली कांग्रेसले समर्थन फिर्ता नलिएकोले विश्वासको मत लिनुपर्ने अवस्था नरहेको जानकारी दिए ।

उनले कोशी प्रदेशमा नेतृत्व परिवर्तनको च्याप्टर बन्द भईसकेको जानकारी पनि दिएका छन् । यता कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले चाडै नै संसदीय दलको बैठक बसेर हिक्मत कुमार कार्की नेतृत्वलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिए । आफुहरु रचनात्मक प्रतिपक्षको भूमिकामा रहने उनको भनाइ छ । नयाँ मन्त्रिपरिषद गठन संगै कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।