
काठमाडौं, ३२ साउन । नयाँ संविधानमा राखिएका प्रावधानहरूको विरोध गर्दै आमहड्तालमा उत्रिएको नेकपा–माओवादी, संघीय समाजवादीसहितका तीन दर्जन बढी दलहरूले आमहड्ताल अवज्ञा गरेको भन्दै तीन वटा सवारी साधन जलाउनुका साथै तोडफोड गरेका छन् ।
आज बिहान काठमाडौंको कालीमाटीमा बन्दकर्ताले बोलेरो गाडीमा आगजनी गरेको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य दिलिप प्रजापतीले जानकारी दिनुभयो ।
उहाँले आमहड्ताल उल्लंघन गरेकाले भारतीय नम्बर प्लेटको गाडीमा आगो लगाइदिएको बताउनुभयो ।
त्यसै गरी बन्दकर्ताले काठमाडौंको बत्तीसपुतलीमा पनि यात्रु बोकेको टेप्पोमा आगजनी गरेका छन् ।
यता, बल्खुमा पनि यात्रु बोकेर गन्तव्यतर्फ जाँदै गरेको माइक्रोबसलाई आमहड्ताल समर्थकले तोडफोड गरिदिएका छन् । तोडफोडबाट माइक्रोबसमा उल्लेख्य क्षति पुगेको बन्दकर्ताको भनाइ छ ।












प्रतिक्रिया