काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको स्पष्ट पारेका छन् ।
आज राष्ट्रिय भेलाको अन्तिम दिन बन्दसत्रमा सहभागी हुँदै उनले आफू व्यक्तिगत रूपमा हिन्दू भएको र नेपालमा सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका हुन् ।
उनले आफूले दिदीको विवाहसमेत ब्रतबन्धपछि हिन्दु परम्परा र रीतिरिवाजअनुसार गरेको जानकारी दिए ।
‘धेरै साथीहरूले मलाई हिन्दु धर्मबारे बोल्न भनिरहनुभएको छ। म व्यक्तिगत रूपमा हिन्दु हुँ। मेरो ब्रतबन्ध पनि हिन्दु विधिअनुसार भएको हो,’ उनले थपे, ‘म अहिले पनि पशुपतिनाथमा पूजा गर्छु। म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’।
उनले धर्मबारे नेपाली जनताले गर्ने निर्णयलाई आफूले जहिल्यै स्वीकार्ने उनको भनाइ छ । आफू नेपालमा नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा रहेको उनले स्पष्ट पारे ।
धार्मिक स्वतन्त्रता भनिरहँदा नेपाली हिन्दुहरूलाई तँ हिन्दु हुन पाउँदैनस् भन्न कसैले नपाउने उनको भनाइ छ । देउवाले भगवान् गौतम बुद्धप्रति आफ्नो अगाध माया र आस्था रहेको पनि बताए।















प्रतिक्रिया