काठमाडौं । भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ।
लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेलको क्यानडाको क्यालगरीमा निधन भएको हो । उनका चार छोरी छन् । जसमा तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्छन्।
नेकपा एमालेको तत्कालीन सरकारले उनलाई २०५१ माघ १८ गते भारतका लागि नेपाली राजदूत बनाएको थियो।















प्रतिक्रिया