१ कार्तिक २०८३, आइतबार

सर्वोच्चबाट न्याय पाएपछि कांग्रेस एक हुन्छ : देउवा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले यस्तो बताएका हुन् । उनले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताए ।

देउवाले विशेष महाधिवेशनविरुद्ध आफूहरूले मुद्दा दायर गरेको भन्दै पुनरवलोकन नभएसम्म यस विषयमा धेरै बोल्न नहुने बताए ।

देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको उल्लेख गर्दै प्रेसले व्यक्तिपूजा नभई निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

पाँच महिनापछि स्वदेश फर्किएका देउवाले सुदूरपश्चिम र विशेषगरी गृहजिल्ला डडेलधुरा जाने इच्छा रहेको बताए । उनले डडेलधुरामा विमानस्थल निर्माणलगायत बाँकी काम पूरा गर्ने प्रतिबद्धता पनि जनाए ।