काठमाडौं, ३२ साउन । सुर्खेत, कर्णाली र थरुहटमा भइरहेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न बसेको विशेष समितिको बैठक कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाका कारण निष्कर्षमा पुग्न सकेन ।
ती क्षेत्रका फरक–फरक आन्दोलनलाई सम्बोधन गर्न बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको को समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर, देउवाले अहिलेको अवस्थामा हेरफेर गर्न मानेनन् । ६ नम्बर प्रदेशको राजधानी सुर्खेतलाई मानेर आन्दोलन मत्थर पार्ने विषयमा नेताहरूबीच छलफल भएको थियो, तर देउवाले भने, ‘कैलाली र कञ्चनपुरका मान्छे सुर्खेत कहााबाट आउने ? बीचमा बााके, बर्दिया अर्को प्रदेश छ, चिसापानीभन्दा माथि कर्णालीमा अर्को पुल छैन ।’
थारू बाहुल्य कैलालीको खुटिया नदीपूर्वको भागलाई पााच नम्बर प्रदेशमा मिसाउन एमाओवादी र लोकतान्त्रिक फोरमले प्रस्ताव गरेपछि देउवाले चर्को प्रतिवाद गरे ।
देउवाले थारू समुदायको माग सम्बोधन गर्न सप्तरीलाई सुदूरपूर्वी (१ नम्बर) प्रदेशमा राख्न बैठकमा प्रस्ताव गरेका थिए ।
‘सप्तरी १ नम्बर प्रदेशमा राखेर विजय (गच्छदार)लाई दिऊा, त्यसो गरे थारूको माग सम्बोधन हुन्छ,’ देउवाको भनाइ थियो ।















प्रतिक्रिया