१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । अध्यक्ष ओली गत फागुन २१ को चुनावपछि पहिलोपटक झापा आइपुगेका हुन् ।

अध्यक्ष ओली इलामको कार्यक्रममा सहभागी हुन झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्गमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अध्यक्ष ओली आज इलाममै बस्ने र भोलि बिर्तामोडमा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।