काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज पनि जारी रहने भएको छ ।
हिजोदेखि मिराकल पार्टी प्यालेस सुकेधारमा सुरू भएको भेला आज पनि जारी रहने भएको हो । आजको कार्यक्रम बिहान ११ः०० बजेदेखि सुरू हुनेछ ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार भेला भोलिसम्म सञ्चालन हुनेछ । भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन् ।
सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिएपछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना विदेशमा रहेका देउवा बिहीबार सोही भेलाका लागि स्वदेश फर्किएका छन् ।
भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ भने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ ।
भेला तीन दिन अर्थात साउन ३१ सम्म चल्नेछ ।















प्रतिक्रिया