काठमाडौं, ३२ साउन । लोक सेवा आयोगका परीक्षार्थीले अब खरिदार र सुब्बाको पदका लागि ३ चरणको परीक्षा दिनुपर्ने भएको छ ।
यसअघि २ चरणको मात्र परीक्षा दिनुपर्ने व्यवस्थालाई संशोधन गर्दै तृतीय चरणको परीक्षा संचालन गर्ने समाचार गोरखापत्र दैनिकले छापेको छ ।
नयाँ व्यवस्थासँगै परीक्षार्थीले सोझै मूल परीक्षा दिन पाउनेछन् ।
नयाँ व्यवस्था अनुसार पहिलो चरण पास गर्नेले दोस्रो परीक्षामा सहभागी हुन पाउनेछ । एक सय पूर्णाङकको पहिलो चरणको परीक्षमा उत्तीर्ण गर्न ४० अंक ल्याउनुपर्छ ।















प्रतिक्रिया