काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा र विश्वप्रकाश शर्माले आफूलाई दुई पटक धोका दिएको बताएका छन् ।
आज इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले दुई पटक थापा र शर्माबाट धोका पाएको बताएका हुन् । पहिलो पटक विशेष महाधिवशेन नगर्ने सहमतिमा १५औं महाधिवेशनको कार्यतालिका ल्याइएको बताए।
आमनिर्वाचन फागुनमा भएमा वैशाखमा पार्टी महाविधेशन गर्ने र निर्वाचन सरेमा फागुनमै महाधिवेशन गर्ने थापा र शर्माले सहमति गरेको तर सहमतिविपरीत विशेष महाविधेशन गरिएको उनले बताए।
गत वैशाखमा पनि थापा आफै आएर सहमतिका लागि प्रस्ताव गरेको र मिलेर जाने सहमति भएकोमा उक्त सहमति पनि तोडेको उनको भनाइ छ ।
उनले तर्साएकै भरमा निर्वाचन आयोगले आफूहरूलाई हराएको दावी पनि गरे । खड्काले भने, ‘धम्क्याएको भरमा, तर्साएको भरमा निर्वाचन आयोगले हामीलाई हरायो।’
आफूहरूले सर्वोच्च अदालतबाट न्याय पाउने उनको भनाइ छ ।















प्रतिक्रिया