१ कार्तिक २०८३, शनिबार

घटनाको अनुसन्धानमा दोहोरोपना आउन नदिन संयुक्त समन्वय संयन्त्र बनाइएको छ : अध्यक्ष मगर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले मानव अधिकार उल्लङ्घनका घटनाको अनुसन्धानमा दोहोरोपना आउन नदिन संयुक्त समन्वय संयन्त्र बनाइएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा अध्यक्ष मगरले आयोगले समग्र दृष्टिकोणबाट मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन गर्न सक्ने भए तापनि विशिष्ट समुदायका लागि छुट्टाछुट्टै आयोगहरू क्रियाशील रहेको समेत बताएका हुन् ।

काम–कारबाहीमा दोहोरोपना नहोस् र प्रभावकारिता आओस् भन्नका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको संयोजकत्वमा सबै आयोगहरू सम्मिलित एक समन्वय समिति बनाइएको उनको भनाइ छ । उनले आवश्यकता अनुसार संयुक्त रूपमा स्थलगत अनुगमन वा कारबाहीमा जानुपरेमा सबै आयोगहरू सँगै मिलेर जाने व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै अध्यक्ष मगरले विशिष्ट प्रकृतिका विषयहरू सम्बन्धित छुट्टाछुट्टै आयोगले नै केन्द्रित भएर हेर्ने स्पष्ट पारे । उनले आगामी दिनमा पनि मानव अधिकार संरक्षणका सवालमा सबै निकायबीच आपसी सहजीकरण र सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा आयोगले सरकारलाई गरेका सिफारिसहरूको कार्यान्वयन अवस्था न्यून हुने गरेको जनाएको छ ।