१ कार्तिक २०८३, आइतबार

राप्रपाबाट अलग भएका धवलशमशेरको ‘जय नेपाल पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ आज (शुक्रबार) निर्वाचन आयोगमा विधिवत् दर्ता हुने भएको छ ।

राप्रपाबाट अलग भएका नेता डा. धवलशमशेर राणाले नयाँ पार्टी खोलेका हुन् ।

प्रस्तावित दल दर्ता गर्ने सम्पूर्ण तयारी पूरा भएको र आज आयोगमा दर्ता हुने राणाले जानकारी गराएका छन् ।

उनले दल दर्ताको अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई दिउँसो १२ बजे आयोगमा उपस्थित हुन आग्रह गरेका छन् ।

यसैबीच, पार्टी निर्माणका क्रममा ‘नागरिक बचाउ महाअभियान’सँग भएको सहमतिअनुसार दल दर्ता प्रक्रियामा उक्त अभियान समेत सहभागी हुने तयारी गरिएको भए पनि अभियानका संयोजक दुर्गा प्रसाईं भने आजको दल दर्ता कार्यक्रममा सहभागी नहुने भएका छन् ।

दल दर्ता गर्न प्रसाईं र राणाबीच फरक धारणा बनेपछि अहिले राणाले मात्र दल दर्ता गर्ने भएको बताइएको छ ।