काठमाडौ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।
प्रहरीले उनलाई ललितपुरको कुशुन्तीबाट पक्राउ गरेको हो ।
उपसभामुख रुवीकुमारी ठाकुरको उजुरीको आधारमा श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
श्रेष्ठले केही दिनअघि “सुध्रिनुस् म्याडम अझै समय छ” भन्ने शिर्षकमा समाचार प्रकाशित गरेका थिए । उक्त समाचारमा भ्रामक, पद प्रतिस्ठा र सामाजिक चरित्रमा आँँच पुर्याउने गरि विषयवस्तु सम्प्रेषण गरिएको उपसभामुखको उजुरीमा उल्लेख गरिएको छ ।
जनआस्थाका सम्पादक रहेका श्रेष्ठले सनसनीपूर्ण समाचार प्रकाशित गर्दै आएका छन् ।
पछिल्लो समय उनले रास्वपा सांसदको अवैध सम्बन्धका बारेका समाचार प्रकाशित गरेका थिए ।
यस्तो छ उजुरी-
















प्रतिक्रिया