३० आश्विन २०८३, शुक्रबार

लोकगायिका देविका केसीले ल्याईन् तीजका कोसेली (हेर्नुस् भिडियोमा)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devika-kcकाठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको चटारो सुरु भएको छ ।

तीज आउनु महिनादिन अगाडिदेखि कलाकारहरु दर्शकलाई कोसेली दिन कसरत गरिरहेका छन् । गायक गायिकाहरु तीजको गीत गाएर दर्शकसँग तीज मनाउन सुरु गरेका छन् भने, मोडलहरु नाचेर दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।

यही भीडमा छिन् नेपालकी चर्चित लोकगायिका देविका केसी । विगतका वर्षझै यसवर्षको तीजका लागि पनि देविकाले कोसेली बजारमा ल्याएकी छिन् । तीजको रौनक बढ्दै जाँदा देविकाले यसवर्ष तीन वटा गीत दर्शकमाझ ल्याएकी छिन् ।

गत वर्षको तीजमा ‘हामी नेपाली’ बोलको जातिय भेदभावविरुद्ध सन्देश दिने चर्चित गीत कोसेली दिएकी गायिका देविकाले यसवर्ष पनि सन्देश बोकेका गीत बजारमा ल्याएकी हुन् ।

विगत विगत १२ वर्षदेखि दोहोरी क्षेत्रको गायनमा व्यस्त देविकाले यसवर्षको तीजमा दर्शकलाई ‘रातो सारी लाएर नाँच छमछम’, ‘एउटा मोबाइल चाहिएको छ फेसबुक चलाउन’ र ‘मेरो तागत माने पैसा’ बोलका तीनवटा कोसेली दिएकी हुन् ।

देविका र सन्दिप पाण्डेको स्वर र सुजन लम्सालको लय शब्दमा रेकर्डिङ गरिएको ‘रातो सारी लाएर नाँच छमछम’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । यो म्युजिक भिडियोमा नृत्य पनि देविका र सन्दिपकै रहेको छ । ‘अरु गीतको म्युजिक भिडियो अहिले छायांकन भइरहेको छ, केही दिनमा बजारमा आउँछ,’ उनले भनिन् ।

‘मेरो तागत माने पैसा’ बोलको गीतमा लय शब्द पशुपति शर्मा र स्वर देविकाको रहेको छ । यस्तै, ‘एउटा मोबाइल चाहिएको छ फेसबुक चलाउन’ बोलको गीतमा लय खुमन अधिकारी, शब्द शरद पाण्डे र तुलसा आचार्य रहेको छ भने, शरद र देविकाले गाएका छन् ।

महिलाहरुको पर्व तीजलाई उत्साहका मनाउन प्रेरणा दिने परम्परालाई कायम राख्दै आफूले तीजको कोसेली ल्याएको गायिका देविकाले सुनाईन् ।

‘तीज महिलाहरुको महान चाँड भएकाले आमा दिदी वहिनीहरुलाई पहिलाको तुलनामा भड्किलो हैन्, सभ्य तरिकाले मनाउनुहोला । खुसीसाथ व्रत बस्नुहोला भन्न चाहन्छु’ उनले सन्देश दिँदै भनिन् । साथै उनले तीजको कोसेली सम्झेर आफ्ना गीत हेरिदिन सबैमा आग्रह समेत गरेकी छिन् ।

हेर्नुस् गायिका देविका केसीको तीज कोसेली भिडियोमा :