काठमाडौं । काठमाडौंको माइतीघरमा आन्दोलनरत एकजना लघुवित्त पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छिन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीले तत्काल उनलाई उद्वार गर्न सफल भएको थियो । उनलाई उद्वार गरेर वीर अस्पताल पुर्याएको छ ।
उनको शरीरको माथिल्लो भागमा सामान्य जलन देखिएको बताइएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया