१ कार्तिक २०८३, शनिबार

सहज ग्यास आपूर्ति र बिक्री वितरणको व्यवस्था मिलाउन अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले ग्यास अभावका बिषयमा आवाज उठाएपछि अध्यक्ष दाहालले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

त्यसअघि बैठकको शून्य तथा विशेष समयमा सांसदहरुले ग्यास आपूर्तिमा असहजता तथा महँगीका कारण भएको समस्याका विषयमा आवाज उठाएका थिए ।