जनकपुर, २ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूलाई सुपर डन ठान्नेहरुलाई आगामी महाधिवेशनले हराउनु पर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल धनुषाले आज जनकपुरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘सुपर डन ठानेर गल्ती गर्ने व्यक्तिहरु पाखा लाग्नेछन् ।’
उनले युवा तथा पुराना पुस्ताले मलाई अध्यक्षमा उठ्न आग्रह गरेको बताए । ‘पुराना र युवा पुस्ताले आग्रह गरेकाले म अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ,’ उनले भने ।
उनले लोकतन्त्रमा प्रतिस्पर्धा आवश्यक भएकाले आफू स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको बताए ।
उनले एमालेभित्र सिन्डिकेट प्रणाली हावी भएका कारण पार्टीको भविष्य चौपट हुन लागेको बताए ।
‘२०३३ र २०४६ सालको पुस्तालाई पार्टीको जिम्मेवारी दिनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘२०३६ सालको पुस्तालाई पार्टीभित्रका सबै नेताले मान्छन् भने म पनि पद छाड्न तयार छु ।’















प्रतिक्रिया