१ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।

सोमबार साँझ आदर्शनगरस्थित प्रदेश २–०३–००३ प ७२१५ र ना. ५७ प ५१८२ नम्बरको मोटरसाइकल रोकी खानतलासी लिने क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्लाको डुमरा बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनी घर भएका ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।

बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।