१ कार्तिक २०८३, शनिबार

कम्युनिष्टका कारण मुलुक अनिर्णयको बन्दी : पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel-Bigचितवन, २ असार । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माघ ८ गते संविधान जारी गरेरै छाड्ने दृढता दोहराएका छन् ।

भरतपुर नगरपालिका–१३ मा आज आयोजित चुनावी सभामा पौडेलले संविधानका विवादित विषयहरुमा सहमति बन्दै गरेको बताए । सबै जनताको साझा संविधान बनाउन कांग्रेस लागिरहेको बताउँदै उनले विरोध गर्दैआएका वैद्य माओवादीलाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्ने दाबी गरे ।

कम्युनिस्टले मुलुकलाई अनिर्णयको बन्दी बनाएको उनले बताए । ‘कम्युनिष्टहरुले जनताका अगाडि घुँडा टेकिसकेका छन्,’ उनले भने ।