१ कार्तिक २०८३, शनिबार

एमालेले सोध्यो- प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको कि फेसबुक मोनिटाइजेसन बढाउनुभएको ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकबाट राष्ट्रको नाममा सम्बोधन गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

एमालेकी सांसद निता घतानीले प्रधानमन्त्रीले आधिकारिक सरकारी माध्यबाट नभई आफ्नो फेसबुकबाट सम्बोधन गरेकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको हो ? डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन।’