काठमाडौं । केही दिनअघि सुनकोशी नदीमा श्रीमती तीलकुमारी पराजुलीसहित हाम फालेर बेपत्ता भएका काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुलीको शव अझै फेला पर्न सकेको छैन ।
६७ वर्षीया रोगी श्रीमतीलाई बुईमा बोकेर केदारनाथले गत बुधबार सुनकोशीमा हाम फालेका थिए । तीलकुमारीको शव भने आइतबार ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको थियो।
केदारनाथको शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गर्ने तयारी गरिएको मण्डनदेउपुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
दुवै जनाको एउटै चितामा दाहसंस्कार गर्न लागिएको हो ।















प्रतिक्रिया