२१ कार्तिक २०८३, शनिबार

प्रचण्डको नयाँ बोली-‘६ प्रदेशमा थपघट हुन्छ, थारुहरुको असन्तुष्टिलाई सम्बोधन गर्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Kathmanduकाठमाडौं, ३१ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ प्रदेशको संख्यामा थपघट हुने बताउनुभएको छ ।

राजनीतिक सहमति तथा सम्वाद समितिको विशेष समिति बैठकबाट बाहिरिँदै प्रचण्डले अहिले ६ प्रदेशकै बारेमा छलफल चलिरहेको बताउँदै आवश्यकता अनुसार प्रदेशमा थपघट गर्न सकिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘हामी अहिले ६ प्रदेशमै केन्द्रीत छौं, विभिन्न समुदायबाट विभिन्न मागहरु आएका छन् । ती मागहरुलाई सम्बोधन गर्ने क्रममा प्रदेशको संख्यामा तलमाथि हुनसक्छ ।’

उहाँले राजनीतिक सहमतिबाटै प्रदेशको सीमांकन टुङ्गग्याएर नयाँ संविधान जारी हुने समेत बताउनुभयो । ‘संघीय आयोग बनाउँदासमय धेरै लाग्ने भएकाले अहिले नै राजनीतिक सहमतिबाटै सीमांकन टुङ्गग्याएर संविधान जारी हुन्छ’ उहाँले भन्नुभयो ।
तराईका थारु समुदायको असन्तुष्टिलाई पनि आफूहरुले सम्बोधन गर्ने तयारी गरिरहेको प्रचण्डको भनाई छ । ‘थारुहरुको असन्तुष्टिलाई सम्बोधन गरेरै संविधान जारी हुन्छ ।’ उहाँले भन्नुभयो ।