१ कार्तिक २०८३, शनिबार

यसकारण कोरियामा अबैधानिक आप्रबासी धरपकड अभियान तिब्र बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

flag-of-Korea-EPS– अर्जुन बराल

सोल । दक्षिण कोरिया सरकारले अबैधानिक रुपमा रहेका आप्रबासी कामदारहरु गम्भिर रुपका आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाणका आधारमा धरपकड अभियानलाई अध्यागमन बिभाग र प्रहरीलाई तिब्रता दिन अनुरोध गरेको बताएको छ ।

प्रहरीका अनुसार सन् २००८ देखि सन् २०१२ सम्ममा २६ हजार ६६३ अपराधका घटना भएका थिए जसमा आप्रबासी अबैधानिक कामदारहरुको संलग्नता न्यून मात्रामा भएको भएता पनि सन् २०१३देखि गतबर्ष अर्थात सन् २०१४ को पहिलो सात महिनाको अबधिसम्ममा कुल १६ हजार ९२२ वटा अपराध मध्ये ३८.१ प्रतिशत अपराधहरु चोरी, हत्या, बलात्कार, आक्रमण लगायत यौन दुराचारका घटनाहरुमा बढीजसो अबैधानिक आप्रबासी संलग्न भएको बताएको छ ।

दक्षिण कोरियामा पछिल्लो समयमा आप्रबासी कामदारहरुलाई समयसिमा अगावै स्वदेश फिर्तीपछि पुनः कोरिया आँउन चाँहनेप्रति लक्षित गरि ल्यार्ईएको ऐन पश्चात सन् २०१४ सम्ममा २,०८,७७८ अबैधानिक आप्रबासी रहेको अनुमान कोरियाको न्याय मन्त्रालयले गरेको भएतापनि नयाँ ऐन अगाडीको एक दशकलाई फर्केर हेर्दा अबैधानिक आप्रबासीको संङख्यामा खासै कमि आएको छैन जसका लागि कोरियाको अध्यागमन बिभागमा रहेका आफना १५० जना अध्यागमन अधिकारीको संङख्यामा बृद्धि गरि अबैधानिक आप्रबासीहरु घटाउँने कोरिया सरकारको योजना रहेको छ ।

पछिल्लो समयमा अध्यागमन बिभागले स्थानीय स्तरका प्रहरीसँग समन्वय गरि अबैधानिक धरपकड अभियानलाई तीब्रता बनाएसँगै भिषा अबधि सकिएर लुकिछिपी बसेका एकदर्जनको हाराहारीमा नेपालीपनि समातीएका छन् भने यो अभियानलाई तीब्रतादिनका लागि कोरियाको अध्यागमन बिभागले नयाँ रणनीति अख्तियार गर्नुको साथै यात्राका क्रममा आफनो परिचय खुल्ने परिचय पत्र साथमा लिएर हिड्न सबैमा अनुरोध गरेको छ ।