१ कार्तिक २०८३, आइतबार

ग्यास अभावपछि उद्योगमन्त्री यादव अनुगमनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सरकारको चर्को आलोचना बढिरहेको बेला उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्किएकी छन् ।

मन्त्री यादवले शनिबार बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।

उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र अभाव बढ्दै गएको गुनासो तीव्र बनेपछि मन्त्री यादवले ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।

मन्त्री यादवले टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालयको पनि अनुगमन गरेको उनको सचिवालयले जनाएको छ ।