काठमाडौं । अवैध रुपमा टाटा गाडीका नक्कली पार्टपूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले राजकुमार पोतेको बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारी करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको हो ।
प्रहरीले पोतेको पसल र १० वोटा गोदाममा सिलबन्द गरी उनलाई पक्राउ गरेको हो । उनी यस अगाडि पनि बारम्बार राजस्व ठगीमा पक्राउ परी कारबाहीमा परेका व्यक्ति हुन् ।
यस्ता नक्कली पार्टपूजाहरूका प्रयोगले गाडीहरुको दुर्घटना व्यापक बढेर ठूलो मात्रामा जनधनको क्षति हुनुको साथै राजश्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै, वैधानिक रूपमा कारोबार गर्ने व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भई व्यवसायबाटै पलायन हुने अवस्थामा पुग्न सक्छन् । प्रहरी प्रशासनले देशभर यस्था अवैध कारोबारमा संलग्न व्यक्तिहरूको व्यापक खोजी कार्य र कारबाहीलाई तीव्र बनाउने जनाएको छ ।















प्रतिक्रिया