१ कार्तिक २०८३, शनिबार

हिन्दू सम्राट सेना कस्तो खालको सेना हो ? सेना नामको समूहलाई निषेध गरौँ : हर्क साम्पाङ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु साम्राट सेना जस्ता समूहलाई रोक लगाउन माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सेना भनेर खोलिने कुनै पनि संघ–संगठनलाई निषेध गर्नुपर्ने धारणा राखे । उनले हिन्दु सम्राट सेना नेपाली सेनाको समानान्तर हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘हिन्दु सम्राट सेना–यो कस्तो सेना हो ? नेपाली सेनाको समानान्तर हो कि कस्तो हो ? यो सेनाका बारेमा सरकारले खोज गरोस । सेना नामका समूह जे जति छन् सबैलाई निषेध गरोस । अन्यथा अरु को कसले सेना बनाउन पाउने हो ? अरुलाई पनि सुविधा दिने हो कि ? होइन भने यो अनुमति कसैलाई हुँदैन ।’